मुख्य योजनाकार सहित सग्लन ५ जना, साढे ५ लाख रकम, मोटरसाईकल र पेस्तोल सार्वजनिक

मुख्य योजनाकार सहित सग्लन ५ जना, साढे ५ लाख रकम, मोटरसाईकल र पेस्तोल सार्वजनिक

धनगढी : धनगढीमा दिन दहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुट्ने लुटेरालाई प्रहरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मगलवार पत्रकार सम्मेलनको आयोजना गरी मुख्य योजनाकारसहित घटनामा सग्लन ५ जना, ५ लाख ४८ हजार ६ सय रुपैया, घटनामा नक्कली नम्बर प्रयोग गरिएको बा ४० प ४४३८ नम्बरको मोटरसाईकल र पेस्तोल सार्वजनिक गरिएको हो । 

जेठ १३ गते सिद्धार्थ बैकबाट चौराहामा रहेको केन्ट टेर्डस एण्ड सप्लायर्स (आईएमई) का कर्मचारी निर्मल काकीमाथि गोली प्रहार भएको थियो । 
गोली प्रहारबाट घाईते कार्कीको उपचार जारी छ भने अवस्था खतरामुक्त छ । 

मुख्य योजनाकार भनिएका कैलालीको धनगढी उपमहानगरपालिका, ६ का राजकुमार चौधरी सहित कञ्चनपुरको बेलौरी नगरपालिका, ६ रिचाहका उग्रसेन राना, सोही ठाउका कल्लु राना, कैलालीको धनगढी उपमहानगरपालिका, १३ का प्रवेश राना र वडा नम्बर ६ का विरु चौधरीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार मुख्य योजनाकार भनिएका राजकुमार चौधरीले योजना बनाई घटनामा प्रयोग गरिएको मोटरसाईकल र पेस्तोल व्यवस्था गरेको, उग्रसेन रानाले मोटरसाईकल चलाएको र गोली हानेको, कल्लु रानाले मोटरसाईकल पछाडी बसि पैसाको झोला लुटी लगेका थिए ।

उनीहरुमध्ये कल्लु राना र प्रवेश रानालाई काठमाण्डौको गोङगवुबाट तथा अन्यलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । 

गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले यससघि पनि विभिन्न घटना घटाएको कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । 

घटनामा संलग्न कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन । 

यस्तै अर्का उग्रसेन रानाले डाँका चोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जिवन बिताएको, योजनाकार राजकुमार चौधरीले हातहतियार खरखजाना मुद्धामा ७५ दिन कारागार बसेर २०६५ सालमा छुटेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध मगलवार नै अनुसन्धानका लागि २५ दिनको म्याद थप गरिएको छ । 

गोली प्रहारपछि लुटिएको साढे ९ लाखमध्ये ५ लाख ४८ हजार ६ सय रुपैयामात्रै फेला पारेको प्रहरीले बाकी पैसाको खोजी कार्य जारी रहेको जनाएको छ ।

यसरी भएको थियो घटना

प्रहरीले पिडित परिवारको सुचनाको आधारमा घटनामा सग्लनसम्म पुग्न सकेको बताएको छ । 

प्रहरीका अनुसार मुख्य योजनाकार राजकुमार चौधरी घटना हुनुभन्दा करिव एक हप्ता अगाढी नै आईएमई आएका थिए । त्यसदेखि नै उनले हरेक दिन गोली प्रहार गरिएका आईएमईका कर्मचारी निर्मल काकीमाथि निगरानी बढाएका थिए । 

तिन दिन अघि घटनामा सग्लन सवै जनाले धनगढी बजारमा नै आएर योजना बनाएका थिए । 

कैलाली र कञ्चनपुर जोडने लालझाडी जङगलमा योजना बनाईएको थियो ।

घटना भएको दिनकै विहान गोली प्रहार गर्ने व्यक्तिलाई कल्लु रानाले गोली हान्ने तरीका सिकाएका थिए । 

गोली प्रहारपछि उनीहरु गेटाको जङगलमा गएर लुकेर बसेको र राती कञ्चनपुरको बेलौरी गएर पार्टी गरेको खुलेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिए ।

योजना बनाएकै जङगल लालझाडीमा उनीहरुले लुटेको पैसा बाडेको उनले बताए । 

अदालती प्रक्रियाका कारण घटनामा ढिलाई

अदालती प्रक्रियाका कारण घटनामा सग्लनलाई पक्राउ गर्न ढिलाई भएको प्रहरीले जनाएको छ । 

‘अनुसन्धान गर्न कल डिटेल नभई हुदैन ।’ घिमिरेले भने, ‘अदालतलले कल डिटेल निकाल्ने आदेश मागेपछि एक दुई दिन लगाईदिन्छ ।  त्यसैले पनि घटनामा केही ढिलाई भएको हो ।’

‘सुरक्षा चुनौती बढ्यो, पुराना ढर्राले हुदैन’

धनगढी प्रदेशको अस्थायी राजधानी भएसगै सुरक्षा चुनौती बढेको अधिकारीहरुले बताएका छन ।

‘अस्थायी राजधानी भएपछि जनसख्या बढ्यो, आर्थिक क्रियाकलाप पनि बढेका छन ।’ सघिय प्रहरी कार्यालयका एसएसपी हरिराव वाग्लेले भने, ‘पुरानै ढर्राको अनुसन्धानले घटनाको सत्यतथ्य पत्ता लगाउन समस्या भएको छ ।’ 

उनले भने, ‘अव पुरानो ढर्राको अनुसन्धानले हुदैन, बयान लिएर गरिने अनुसनधानको काम छैन । अनुसन्धान प्रविधियुक्त हुन जरुरी छ । त्यसका लागि केन्द्र र प्रदेश सरकारसग समन्वय गरिरहेका छौ ।’

‘कडा कारवाही हो्स’

गोली प्रहारबाट घाईते निर्मल काकीका बुबा करविरले आफनो छोरालाई गोली हान्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन ।

पत्रकार सम्मेलनमा उपस्थित ६५ वर्षिय करविरले भने, ‘छोरालाई गोली हानेपछि पागल जस्तै भएको थिए । तिनीहलाई पक्राउ गरेको भन्ने थाहापाएपछि परिवार खुसि भएका छौ । उनीहरुलाई कडा कारवाहीहोस् ।’

पक्राउ परेकालाई के होला सजाय ?

प्रहरीले पक्राउ परेका विरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी अन्तर्गत मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ ।

हातहतियार खरखजना ऐन २०१९ को २ (ग) को हतियार दफा २०(२) बमोजिम ६ महिना देखी कैद १ बर्ष सम्म कैद वा ६० हजार देखी १ लाख सम्म जरिवाना हनुसक्ने व्यवस्था छ भने मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर बमोजिम कसुरमा ५ बर्ष देखी १२ बर्ष सम्म कैदको व्यवस्था छ ।

त्यस्तै, मुलुकी ऐन चोरीको महलको १ र ५ नम्बर बमोजिमको कसुरमा सोही ऐनको १४(३) बमोजिम तिन महिना सम्म कैद, जरिवाना वापत कैद, बिगो बमोजिम जरिवना हुनसक्ने उल्लेख गरिएको छ । 

‘पक्राउ परेका केही जना विरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी अन्तर्गत मुद्धा दायर गरिएको छ ।’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘तिनै मुद्धामा दोषि देखिए (पटके कायम भएमा) दोब्बर सजाय हुनसक्छ ।’