मुख्यमन्त्री बने प्रदेश नम्वर ७ मा नेकपाको संसदीय दलको नेता

मुख्यमन्त्री बने प्रदेश नम्वर ७ मा नेकपाको संसदीय दलको नेता

दिनेश ठकुल्ला
धनगढी, २२ जेठ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्टको उपस्थितिमा मगलवार धनगढीमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । 

यस्तै बैठकले साविकको एमाले ससदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई संसदीय दलको उपनेतामा चयन गरेको छ ।

साविकको एमालेका प्रमुख सचेतक तारा लामा तामाङ प्रमुख सचेत नै बनेका छन भने सचेतकमा माओवादी केन्द्रका अक्कल रावललाई चयन गरिएको छ ।

एमालेका तत्कालिन प्रदेश सयोजक भीम रावल, माओवादी केन्द्रका तत्कालिन ईञ्चार्ज लेखराज भट्ट, एमालेका सह–ईञ्चार्ज कर्णबहादुर थापा र माओवादी केन्द्रका प्रदेश संयोजक लक्ष्मी दत्तजोशी रहेको कार्यदल प्रदेश कमिटी र जिल्ला कमिटीको पुनर्गठनको तयारीमा लागेको छ ।