कञ्चनपुरको कृष्णपुरमा सडेको अवस्थामा किशोर-किशोरीको शव फेला

कञ्चनपुरको कृष्णपुरमा सडेको अवस्थामा किशोर-किशोरीको शव फेला

कञ्चनपुरः   कञ्चनपुरको कृष्णपुरमा सडेको अवस्थामा किशोर किशोरीको शव फेला परेको छ । जिल्लाको  कृष्णपुर नगरपालिका–४ मालुबेलामास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “ घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।”

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।