कञ्चनपुरका प्रदीप ऐरीको शानदार पारी, प्रदेश २ विरुद्ध डेढ सय रनको पारी

कञ्चनपुरका प्रदीप ऐरीको शानदार पारी, प्रदेश २ विरुद्ध डेढ सय रनको पारी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कञ्चनपुरका प्रदीप ऐरीले एपीएफ क्लबबाट खेल्दै १ सय ५८ रनको सानदार पारी खेलेका छन्। 

उनको डेढ सय रनको मदतमा एपीएफले प्रदेश २ लाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ। १ सय ३५ बलको सामना गरेका प्रदीपले १३ चौका र ८ छक्का प्रहार गरेका थिए।

यस्तै एपीएफका ओपनर सुवास खकुरेलले पनि सुवासले १ सय ३ रनको शतकीय पारी खेले। १ सय ३० बलको सामना गरेका ओपनर सुवासले ७ चौका र २ छक्का प्रहार गरेका थिए। 

यस्तै एपीएफका पृथु बास्कोटाले २५ र धनगढी घर भएका भुवन कार्कीले १६ रन जोडे। बलिङ तर्फ प्रदेश २ का दिव्यांशु मलिकले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ८४ रन खर्चिएका थिए।