दार्चुला कम्युनिष्ट आन्दोलनका संस्थापक नेता ठगुन्नाको उपचारका क्रममा निधन, जिल्ला सोकमा

दार्चुला कम्युनिष्ट आन्दोलनका संस्थापक नेता ठगुन्नाको उपचारका क्रममा निधन, जिल्ला सोकमा

धनगढीः दार्चुला  कम्युनिष्ट आन्दोलनका संस्थापक नेता बिरबहादुर ठगुन्नाको निधन भएको छ ।

तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक सचिव एवंम् केन्द्रीय अनुशासन आयोगका सदस्य ठगुन्नाको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो ।  नेता बिरबहादुर ठगुन्नाको निधन भएपछी अहिले जिल्ला नै सोकमग्न बनेको छ । 

विगत ४० महिनादेखि क्यान्सरसँग संघर्ष गरिरहेका ठगुन्नाको काठमाडौँको केएमसी हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ठगुन्नाको जम्न २०१० साल फागुन ३ गते साविकको खार गाविसमा भएको थियो । २०३० सालदेखि बामपन्थी राजनीतिमा प्रवेश गरेका ठगुन्ना २०३५ सालदेखि अनेरास्ववियुमा आबद्ध थिए भने २०४७ सालमा तत्कालिन नेकपा एमाले दार्चुलाको पार्टी सचिव बनेका थिए ।

उनले त्यती बेलादेखि नै कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउदै लगेका थिए । २०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका ठगुन्ना २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित भए । २०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष हुदै २०५६ मा सांसदको उम्मेदवार पनि बनेका थिए ।