रविले भने, ‘तपाईको अपेक्षा मर्न दिन्न योजनाका साथ अगाढी बढ्छु’

रविले भने, ‘तपाईको अपेक्षा मर्न दिन्न योजनाका साथ अगाढी बढ्छु’

धनगढी : नेपाल आईडल सिजन–२ का बिजेता रबि ओडलाई सुदूरपश्चिम प्रदेश सरकारले बधाई तथा सम्मान गरेको छ । 

शुक्रवार आईडल भएपछि पछि पहिलो पटक सोमवार गृह क्षेत्रमा आएका ओडलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बधाई तथा सम्मान गरेको हो । 

मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ लगायतले सम्मान गरेका थिए । 

सो क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल आईडल बनेकोमा बधाई दिदै आगामी दिनमा पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

उनले गित सङगितका माध्यमबाट सुदूरपश्चिम हुदै देशलाई चिनाएकोमा रविलाई धन्यवाद दिए । बधाई तथा सम्मान कार्यक्रममा रविले आफुलाई आईडल बनाउने सम्पूर्णलाई धन्यवाद दिए । 

‘तपाईहरुले भोट दिएर मलाई नेपाल आईडल बनाउनुभयो ।’ उनले भने, ‘तपाईको अपेक्षा मर्न दिने छैन । अव योजनाका साथ काम सङगित क्षेत्रमा अगाढी बढ्छु ।’