बसले ठक्कर दिदा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

बसले ठक्कर दिदा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

धनगढी  ।  बसको ठक्करबाट कैलालीमा नेपाली काँग्रेस कैलाली क्षेत्र नं.२ की क्षेत्रीय कोषध्यक्षको मृत्यु भएको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो। रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष समेत हुन्।

बर्दगोरिया गाउँपालीका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोहि दिशा तर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। मोटरसाईकलका चालक लम्कीचुहा नगरपालीका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाईते भएका छन्। उनको घोडाघोडि अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।