मोटरसाइकल दुर्घटनामा परी चिसापानीमा १ जनाको मृत्यु, २ घाइते

मोटरसाइकल दुर्घटनामा परी चिसापानीमा १ जनाको मृत्यु, २ घाइते

धनगढीः कैलालीको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनएको छ । 

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको बीहिबार राती मृत्यु भएको हो ।

यस्तै मोटरसाइकलको पछाडी सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् । घाइृते दुवै जनाको अवस्था मध्यम रहेको र उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।