६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

सप्तरी :सप्तरीमा ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बोदे बसाइनले सप्तरीको बोदे बसाइन नगरपालिका–७, हैटी टोलका ३५ वर्षीया वरूण रामलाई पक्राउ गरेको हो । घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।