अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक बिकको हत्यामा संलग्न पक्राउ

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक बिकको हत्यामा संलग्न पक्राउ

धनगढीः कैलालीमा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा फेला परेका प्रहरी अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकको हत्या गर्ने कार्यमा संलग्न आधा भन्दा बढि व्यक्तिहरु पक्राउ परिसकेका छन् ।’ स्रोतका अनुसार, ‘केही व्यक्ति अझै पनि भागिरहेकाले खोजी तिव्र बनाईएको छ। पक्राउ परेका अधिकांश व्यक्तिले बिकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । 

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधिको नजिक पुगेको बताएका छन् ।

बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।