अवैध सम्बन्ध राख्ने बोर्डिङका प्रिन्सिपल र महिलालाई स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएपछि..............

अवैध सम्बन्ध राख्ने बोर्डिङका प्रिन्सिपल र महिलालाई स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएपछि..............

धनगढी : अवैध सम्बन्ध राख्ने बोर्डिङ स्कुलका प्रिन्सिपल र एक महिला पक्राउ परेका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीको ब्रम्ह एकेडेमीका प्रिन्सिपल चन्द्रबहादूर साहुले छिमेकी महिलासँग शारिरिक सम्पर्क गरिरहेका बेला रंगेहात पक्राउ परेपछि स्थानीयले उनीहरु दुवैलाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका छन ।  

प्रहरीले ति महिलाको नाम भने खुलाएको छैन । 

‘स्थानीयले सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गराए ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले भने, ‘आईतवार नै अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेका छौ । दुवै जनालाई हिरासत कक्षमा राखिएको छ ।’

विवाहित प्रिन्सिपल साहुले नाति नातिना समेत रहेकी ती महिलासँग लामो समयदेखि शारिरिक सम्पर्क राख्ने गरेको स्थानीयको आरोप छ ।
दुवै जनालाई यसअघि पनि पटक पटक त्यस्तो नगर्न सम्झाई बुझाई गरेको तर उनीहरुले नमानेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको गाउँलेहरुले वताएका छन्। 

प्रहरीका अनुसार दुवै जनालाई कारवाही हुनुपर्ने माग राख्दै महिलाका श्रीमान र छोराछोरी पनि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए ।