एनसेलले ल्यायो नारीका लागि ‘गो सिम’

एनसेलले  ल्यायो  नारीका लागि ‘गो सिम’

एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा ‘गो सिम’ योजना ल्याएको छ। 

आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेला पछि शुल्क तिर्नेगरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्ककल सेवा लगायतका सुविधाहरु भएको सिम ल्याएको हो।

यो सिम ग्राहकले कात्तिक १ गते शनिबारदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक बिक्रेताहरुबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस सुविधा पाउने कम्पनीले जनाएको छ।

यसका साथै ग्राहकले गो सिममार्फत् दामी म्युजिक तथा हङ्गामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न पाउने एनसेलले जनाएको छ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १ सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस पाउनेछन्।

गो सिमअन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस पाउनेछन्। प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालीन सञ्चार सेवाका लागि विशेष सुविधा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्नेगरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालीन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवाबापतको करसहित  १० रुपैयाँ मेन ब्यालेन्सबाट काटिने जनाएको छ।