धनगढीमा शनिबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढीमा शनिबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा ३६ जना कोरोना संक्रमित थपिएका हुन ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले शनिबार गरिएको परिक्षणमा धनगढीका थप ३६ जनामा कोरोना देखिएको बताए । उनले उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्ब्र २ का दुईजना, वडा नम्बर ३ का दुईजना, वडा नम्बर ४ का चारजना, वडा नम्बर ५ का चारजना, वडा नम्बर ६ का एकजना र वडा नम्बर ७ का एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै वडा नम्बर ८ का तीनजना, वडा नम्बर १२ का एकजना, वडा नम्बर १४ का एकजना र वडा नम्बर १८ का एक गरी ३६ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ४० पुगेको छ।