कैलालीमा उपमेयरले शिलालेखमा नाम नराखेको भन्दै ढुङगा प्रहार गरेपछि...

कैलालीमा उपमेयरले शिलालेखमा नाम नराखेको भन्दै ढुङगा प्रहार गरेपछि...

धनगढी । शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् । 

शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै आक्रोशित उपमेयर थापाले शिलालेखका ढुंगाले हिर्काइन् । त्यसपछि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीसँग पनि उनले झगडा गरिन् । 

शिलालेखमा नाम नलेखेर आफ्नो अपमान गरेको भन्दै उपमेयर थापाले मेयर चौधरीविरुद्ध नारासमेत लगाइन् । स्थिती नियन्त्रण गर्न कार्यक्रम स्थलमा प्रहरीहरू नै परिचालित भएका थिए ।