नेपालमा पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

 पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।