बिद्युतको विल तिर्न अब लाइन बस्न पर्दैन, इसेवा बाटै तिर्न सकिन्छ

बिद्युतको विल तिर्न अब लाइन बस्न पर्दैन, इसेवा बाटै तिर्न सकिन्छ

धनगढी । विद्युत प्राधिकरण धनगढीका ग्राहक हरुले अव लामो लाइन बसेर महशुल तिर्ने बाध्यता हटेको छ । यसले गर्दा लामो र भिडभाडमा लाइन बसेर महशुल बुझाउने ग्राहकहरुका लागी निकै सहज हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण र एफ वान सफ्ट विचको सहकार्यमा इसेवा एप्लीकेशन मार्फत आफ्नो घरमै बसेर विद्युतको विल तिर्न सकिने भएको हो । आइतबार बाट नै यो सेवा सुचारु गरिएको इसेवाका प्रदेश ७ का प्रमुख कमल बमले जानकारी दिनुभएको छ ।

आफ्नो मोवाइलमा इसेवा एप डाउनलोड गरेर अथवा नजिकैको इसेवा पोइन्ट बाट समेत विद्युतको विल तिर्न सकिने बताइएको छ । यसको लागी कुनै पनि थप अतिरिक्त शुल्क नलाग्ने प्रमुख बमले जानकारी दिनुभयो ।  लामो समयको प्रयास पछि धनगढीमा यो सेवा सुचारु गरिएको हो ।

यो सगै फुलबारी, हसुलिया र धनगढी क्षेत्रका करिब ४३ हजार ग्राहकहरुले यो सेवा लिन सक्ने छन् । यस सम्बन्धी सम्पुर्ण जानकारी नजिकैको इसेवा जोन बाट समेत लिन सकिने बताइएको छ । 

धनगढीवितरण केन्द्र बाट मात्रै करिव ४ करोड बराबरको विद्युत महशुल मासिक रुपमा उठ्ने गर्दछ ।