यस्तो छ नेपाल आईडल–२ को विजेता रवि ओडको म्यादी प्रहरीदेखि आईडल सम्मको यात्रा

यस्तो छ नेपाल आईडल–२ को विजेता रवि ओडको म्यादी प्रहरीदेखि आईडल सम्मको यात्रा

धनगढी : नेपाल आईडल सिजन–२ को उपाधि सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओडले जितेका छन । अन्य तिन प्रतिस्पर्धिलाई भोटिङको आधारमा पछि पार्दै रविले उपाधि जितेका हुन ।

‘माया जाउला रेलैमा’ बोलको गीत गाएर धनगढी अडिसनमा जजको मन जित्दै छनौट भएका रवि अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आईडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन ।

को हुन रवि ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन ।

मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’ को जिन्दगी बाँचिरहेका उनका बाजे र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए । उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ ।

बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगितमा लागेका थिए ।

नेपाल आईडलमा आउनुपछि उनी विभिन्न स्थानीय स्तरका प्रतियोगितामा सहभागि हुदै धनगढीमा दोहोरी साँझमा गाउने गर्दथे । आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चारमा पुगेपछि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडको चर्चा सर्बत्र चुलिएको थियो ।

आर्थिक रुपमा विपन्न, त्यसमा पनि दलित समुदाय र त्यही अभावमा हुर्केर सुदूर पश्चिमलाई चिनाउन सफल रविलाई जिताउन देश विदेशका समर्थनले रवि आड जिताउ अभियान नै सञ्चलान गरेका थिए । देउडा विद्यामा पोख्त सुदूरपश्चिममा आधुनिक र पप विद्याका गीतहरु गाउन सक्ने रविको स्वःसाधना बाट सवै प्रभावित भएका थिए ।

‘हिलोमा फूलेको कमल’

रविलाई धेरैले हिलोमा फूलेको कमलको संज्ञा दिएका छन् । श्रोत साधनको अभावकै विचमा उनको संगीत साधनाले सफलता प्राप्त गरेपछि धेरैले उनलाई यस्तो भन्ने गरेका हुन् । उनले अहिलेसम्म संगीतको कुनै औपचारी पढाइ पनि गरेका छैनन् ।

‘२०७० सालमा म्यादी बनेका थिए रवि’

नेपाल आइडल सिजन–२ को विजेता बनेका रविकोे कहाँनि अरुको भन्दा कहानि लाग्दो छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने थिए । उनी जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि २०७० सालको चुनावमा म्यादी प्रहरीमा भर्ना भएका थिए ।

हुन त कसैको तुलना कसैसंग गर्न मिल्दैन तर रवि ओडको गीत संगीतप्रतिको लगाव र गायन कला देख्दा लाग्छ उनी भित्र इश्वरीए देन छ गायन को, त्यो उनले जन्मिदा नै ल्याएर आएको थिए सायद । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंछा होला ।

तर विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् यदि हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि उनै देखेने थिइन् ।

परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाएको छ ।