कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न रोक

कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न रोक

धनगढी । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै कैलालीका मठमन्दिरमा पूजापाठ गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै घटस्थापनादेखि दसमीसम्म शक्तिपिठ तथा मठमन्दिरमा पूजा गर्न रोक लगाएको हो।

जिल्लाका सबै शक्तिपिठ र मन्दिरमा पुजारीले गर्ने नित्यकर्म बाहेक मानिस भेला भएर कुनै प्रकारका पूजाअर्चना, भजनकिर्तन, वलीलगायतका कार्य नगर्न प्रशासनले सूचना जारी गरेको छ।  

प्रशासनले दसैंको अवसरमा सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ।राजनीतिक दल, संघसंस्था, क्लब, समूह र सञ्जालहरूलाई भेला भएर शुभकामना आदानप्रदानमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।