कञ्चनपुरका २९ जनाको नि:शुल्क आँखाको सफल शल्यक्रिया

कञ्चनपुरका २९ जनाको नि:शुल्क आँखाको सफल शल्यक्रिया

धनगढी । कञ्चनपुरको वेलौरी क्षेत्रका २९ जनाको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ । वेलौरी नगरपालिका वडा नम्बर २ को अनुरोधमा लायन्स क्लब अफ धनगढी खप्तडको आयोजनामा भएको निशुल्क आँखा जाँच शिविर तथा निशुल्क मोतियाबिन्दु सल्यक्रिया शिविरमा छ्नौट भएकाहरुको निशुल्क रुपमा धनगढी नेत्रालयमा शल्यक्रिया गरिएको हो ।

तीन सय ७८ जना लाभान्वित भएको शिविरमा आएका २९ जना मुख्य समस्या भएकाहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए । 

निशुल्क शल्यक्रिया गर्नका लागि धनगढी चटकपुर  स्थित  धनगढी नेत्रालय, च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यक्रम संयोजक त्रिलोक पाण्डेय र बरिष्ठ नेत्ररोग तथा जलबिन्दु रोग विशेषज्ञ डाक्टर रविधर भण्डारीको प्रयासमा आँखाकोे शल्यक्रिया भएको धामीले बताए ।