विप्लव नेकपा अछामले गर्यो तुर्माखाद गाउँपालिकाका अध्यक्ष लाई सोधपुछ

विप्लव नेकपा अछामले गर्यो तुर्माखाद गाउँपालिकाका अध्यक्ष लाई सोधपुछ

अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा लाई जनअदालतको कार्यालय अछाममा हाजिर गरि सोधपुछ गरेको छ । गत असोज सम्म अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा वढि खर्च भएको थियो ।

कोरोना महामारी रोकथाम का नाममा भएको खर्च विवरण को स्पष्ट हिसावकिताव र स्थानिय निर्वाचन पछि को प्रगति प्रतिवेदन को विषयमा आफुहरुले सोधपुछ गरेको नेकपा अछाम का कार्यालय सचिव लक्ष्मण ले कुसे विशेष मा हामिलाइ वताउनुभयो । 

तुर्माखाद गाउपालिका ले एक करोड छ लाख वईसट्ठि हजार दुई सय सोर्ह रुपैया खर्च भएको तथ्य गत असोजमा सार्वजनिक गरेको थियो। सोहि विषयमा व्यापक जनगुनासो आएपछि गाउपालिका अध्यक्ष शर्मा लाई जनअदालतको कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरेको हो ।कोरोना कहरकै विच अछाममा अधिकांश स्थानिय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोमा व्यापक अनियमितता भएका उजुरि जनपरिषद्को कार्यालयमा परेको नेकपा स्रोत अछामले वताएको छ ।

आफुहरु सवै तहको अनुगमन गरिरहेको र यदि अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपाल को निर्देशिकाको आधारमा कार्वाहि गरि छोड्ने जिल्ला जनपरिषद् प्रमुख सौगातले वताए ।अध्यक्ष शर्मालाई जनअदालतमा सोधपुछ गरि ७ दिनमा जवाफ दिनेगरि साधारण तारिखमा रिहा गरेको नेकपा निकट स्रोतले वताएको छ ।