बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज, जुन कुरा सुनाउँदा उनी आफै नै बनिन् भावुक

बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज, जुन कुरा सुनाउँदा उनी आफै नै बनिन् भावुक

एजेन्सी । केही समय अघि आफ्ना अनुभव सुनाउने क्रममा बलिउडकी चर्चित टिभी सिरियल निर्मात्री एकता कपुरले खोलिन् बिहे नगर्नुको राज । जुन कुरा सुनाउँदा उनी आफै नै भएकी थिईन् भावुक । सबैलाई थाहा भएकै कुरा हो कि एकता कपुर बलिउडमै सबैभन्दा बोल्ड टिभी सिरियल निमार्ण गर्ने मध्यकी एक निमात्री हुन् ।

धेरै जसो उनीद्धारा निर्मित सिरियलमा महिला चरित्रलाई बलियो बनाउने गरिन्छ । भारतमा महिलाको भन्दा पुरुषको बर्चस्व रहने भएको हुनाले उनले सिरियल मार्फत महिला सशक्तिकरणको कुरालाई निकै नै प्रथामिकता दिंदै आईरहेकी छन् । उनले सिरियल मार्फत समाजमा महिला पुरुषबीचको विभेदको अन्त्य भएको देखाउने कोशिश गरिरहेकी छन् ।

उनै निर्मात्री एकता कपुरको भने जीवन कहानी कुनै सिरियल भन्दा पनि कम नभएको कुरा जब उनले आफ्नै मुखबाट सुनाईन् तब उनका कुरा सुन्ने सबैको आँखा रसायो । नाम र दाम दुवै कमाएको हुनाले एकतालाई इन्डस्ट्रिमा घमण्डी भनेर पनि चिनिन्छ । उनले यो कुरामा पनि आफ्ना मन छुने भनाईहरु शेयर गरेकी थिईन् । पछिल्लो केही वर्ष यता एकतालाई उनको सिंगल मदरको विषयलाई लिएर धेरै नै कन्ट्रोभर्सी बनाईएको थियो ।

‘मलार्ई घमण्डी, एकलकाटे, समलिंगी जे जे भनेपनि चित्त कहिल्यै दुखेन तर मेरो सिंगल मदरको विषयलाई लिएर बनाईएको गसिपप्रति भने मेरो चित्त निकै नै दुखेको छ ।’ भन्दै जब एकताले आफ्नो मन दुखेको कुरा सुनाईन् तब सबैको आँखा रसाए । किनभने एकताले यो जुनिमा विहे नगरिकन आफु सिंगल मदर हुन चाहेको कुरालाई लिएर जब उनको छोरा रवीको बारेमा नाथाथरी कुरा गरियो त्यो कुराले उनको चित्त दुखेको कुरा सुनाईन् ।

उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो । र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ? किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति नाजुक तरिकाले हुर्काएको छु भन्ने ?’

कु्रै नबुझि समाजका प्रश्नले दुखाईएका एकताको कुरा सुन्दा जो कसैको पनि आँखा रसाउनु स्वभाविक नै हो । एकताले भनिन्,‘म खुशी छु अविबाहीत भएर पनि मैले आफुलाई सिंगल मदर बनाउन सफल भएकोमा । भने मलाई दुःखी बनाउनुको साटोमा मेरो खुशीमा किन खुशी नहुने ? मेरो जीवन बदलिदिएको छ मेरो छोराले । उसलाई पाएदेखि नै मेरो सबै कुरा पहिलाको भन्दा अझैं राम्रो भएको छ । मेरो परिवार सबैले मेरो छोरा रवीलाई प्रेम गर्छन् । म आफुलाई यो संसार सबैभन्दा भाग्यमानी छोरी भएको महसुस गर्दछु ।’ एकताले भावुक हुँदै सुनाईन् ।

उनले आफ्नो चाहाना भनेको केवल आमा बन्ने मात्र भएको बताईन् । जब बिहे नै नगरीकन आमा बन्न सकिन्छ भने किन बिहे गर्नु पर्यो र ? भन्ने पश्न पनि एकताले गरिन् । बिहे नगर्दैमा कोही पनि समलिंगी वा थर्ड जेन्डर हुँदैन भन्ने अभिव्यक्ति पनि दिईन् । साथै एकताले आफ्ना सन्तानको इच्छालाई बुझिदिन सबै अभिभावकलाई अनुरोध पनि गरिन् ।