काठमाण्डौ : तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ ।
गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको हो ।
उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको अभिनय रहेको छ । एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो ।
श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।