भारतमा सात महिनापछि फिल्म हल खोलिँदै

भारतमा सात महिनापछि फिल्म हल खोलिँदै

मुम्बई – भारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।

आउँदो १५ अगस्तपछि फिल्म हल पनि खोलिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खबरले फिल्मकर्मीले उत्साहित बनेका छन् ।
लामो समयदेखि बन्द रहेको कोरोना भाइरसका कारण बलिउडले अर्बौं रुपैयाँ घाटा बेहोरेको छ ।

भारतमा संक्रमितको दर एसियामै सबैभन्दा बढी छ । विश्वमा अमेरिकापछि संक्रमितको दर उच्च हुनेमा भारत पर्छ ।

पछिल्ला विवरणहरु अनुसार भारतमा संक्रमितको संख्या ७० लाखभन्दा बढी छ ।

यसैबीच विवेक ओवरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ १५ अक्टोबरदेखि हलमा पुनः रिलिज गरिने भएको छ । फिल्ममा विवेकले नरेन्द्र मोदीको भूमिका निभाएका छन् ।