नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय गरेको छ । नेपालले अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन ।

यस्तोमा नेपालको अंक पनि शून्य छ। नेपालले वान डे खेलेपछि नेपालको नाम वरीयतामा अंकसहित चढ्ने छ।
 

आईसीसीले प्रेस विज्ञप्ती जारी गर्दै यो वरीयता जुन १ बाट लागू हुने पनि जनाएको छ। यसअघि वरीयताका रहेका १२ टिमसँगै अब यसमा १५ टिम हुनेछन्।

अहिले तत्काल वरीयतामा नेपाल अन्तिम स्थानमा छ। वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ। त्यसयता भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलिया छन्।

त्यस पछाडि पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बावे, आइसल्यान्ड, स्कटल्यान्ड र यूएई छन्। आईसीसीका अनुसार अब नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईले एक आपसमा वान डे खेल्नेछन्।

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग क्वालिफायरमा एसोसियट देशमध्ये शीर्ष तीनमा रहेर वान डे मान्यता पाउन सफल भएको हो।