लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता कार्तिक २७ गते देखि

लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता कार्तिक २७ गते देखि

धनगढी : धनगढीमा लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

सन्स्कार क्रिकेट एकेडमीले कार्तिक २७ गते देखि निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग–३ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा देशभरिका १६ बिद्यालयहरुको सहभागिता रहने आयोजक सन्स्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ५१ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ ।

प्लेयर अफ द टुर्नामेन्टले १० हजार, वेस्ट बलर, बेस्ट ब्याट्सम्यान, इमर्जिङ प्लयेरले ५÷५ हजार रुपैया पुरुस्कार पाउने छन ।

लिग चरणका खेलको म्यान अफ द म्याचले १ हजार तथा नक आउट चरणका खेलमा म्यान अफ द म्याचले १ हजार ५ सय रुपैया प्राप्त गर्ने अध्यक्ष शाहीले बताए ।

त्यस्तै, फाईनल खेलको म्यान अफ द म्याचले दुई हजार रुपैया पाउने छ । 

लिटल फ्लावर प्रीमियर लिग ३ को मुख्य प्रायोजक निस्ट कलेज, काठमान्डौ रहेको छ ।

‘प्रतियोगितालाई देशकै नमुना बिद्यालय स्तरिय प्रतियोगिताको रुपमा बिकास गर्दै गर्ने लक्ष्य रहेको छ ।’ शाहीले भने, ‘यसले समग्र नेपाली क्रिकेटलाई समेत योगदान पु¥याउने विश्वास लिएका छौ ।’