टीकापुर घटनाको सुनुवाइ आज, सांसद रेशम चौधरीले सपथ खान पाउलान् त?

टीकापुर घटनाको सुनुवाइ आज, सांसद रेशम चौधरीले सपथ खान पाउलान् त?

काठमाडौं । टीकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ ।

गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो ।कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।

मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् ।त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् ।

ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छ्रैनन् । राजपाले भने कैलाली घटनालाई राजनीतिकरुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ ।

तर, यो मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद चौधरीलाई सपथग्रहण गराउन सक्ने अवस्था नरहेको सरकारी पक्षको तर्क रहेको राजपा नेताहरु बताउँछन् । याे समाचार अनलाइन खबरमा छ ।