चीनमा भएको विश्व शारीरिक सुगठन च्याम्पीयनसीपको ७५ केजी तौल समुहमा नेपाली बडी बिल्डर महेश महर्जनले स्वर्ण पदक जित्नु भएको छ । महेशलाई पदक दिने क्रममा आयोजकहरुले नेपालको पुरानो राष्ट्रिय गान बजाएका छन् ।
स्वर्ण पदक जित्ने देशको राष्ट्रिय गान पदक हस्तान्तरण गरेपछि बजाउनुपर्ने प्रचलन छ । एक पटक बंगलादेशमा पनि फुटबल प्रतियोगितामा नेपालले जित्दा राष्ट्रिय गान बजाउँदा यस्तै गल्ति भएको थियो।
दशौं विश्व शारीरिक सुगठन च्याम्पीयनसीपमा स्वर्ण पदक जितेका महर्जनलाई पदक दिने क्रममा आयोजकहरुले बिजेता खेलाडीको राष्ट्रिय गान बजाउनुपर्ने नियम अनुसार राष्ट्रिय गान बजाउँदा पुरानो बजाएका हुन् ।
नया राष्ट्रिय गान प्रचलनमा आएको १२ बर्ष भइसकेको छ । बिश्व मञ्चमा अmभै पनि पुरानो राष्ट्रिय गान बजाइनु गलत भएकोले यस बिषयमा छानवीन हुनुपर्ने खेल क्षेत्रका पदाधिकारीहरुले माग गरेका छन् ।