भन्सार कार्यालयबाटै व्यापारीको सामान चोरी

भन्सार कार्यालयबाटै व्यापारीको सामान चोरी

कैलालीको सुदूरपूर्वी दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयबाट व्यापारीको सामान चोरी भएको छ । 

शुक्रबार दिउँसो भारतीयको तिकुनियाँबाट नेपाल ल्याउन लागेको भारतीय व्यापारीको सामान खक्रौलामा रहेको भन्सार कार्यालयको परिसरबाटै चोरी भएको हो ।

भारतीय व्यापारी इन्द्र पालको चप्पल लगायतको सामान चोरी भएको बताइएको छ । भन्सार गर्न शुक्रबार दिउँसै भन्सार परिसरमा पुगाइएको सामान अबेरसम्म भन्सार हुन नसकेपछि त्रिपालले छोपेर तिकुनियाँ फर्केका थिए ।

शनिबार बिहान भन्सार गर्न सामान हेर्दा एक बोरा खाली रहेको बताउदै भारतीय व्यापारी पालले चप्पल राखिएको बोरामा चप्पल चारेर खाली कभर मात्रै बाकी राखेको बताए ।

उनले भन्सार परिसरमा रहेका सशस्त्र प्रहरी र सिसिटिभी क्यामेरामा समेत चोरीबारे केही थाहा नभएको बताए ।