डोटीका कयौँ गैरसरकारी संस्थाको दर्ता खारेज

डोटीका कयौँ गैरसरकारी संस्थाको दर्ता खारेज

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा दर्ता भएका सयौँ गैरसरकारी संस्थाको दर्ता खारेजी गरेको छ । संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका तर लगातार तीन वर्षदेखि नविकरण नभएका ३ सय ६३ गैरसरकारी संस्थाहरुलाई दर्ता खारेजी गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संस्था दर्ता ऐन अन्तर्गत २०४४ सालदेखि दर्ता भई २०७२ साल अर्थात् गएको तीन वर्षदेखि नविकरण नगरेका संस्थाहरुलाई हामीले ३५ दिने सूचना प्रकाशन गर्दा पनि नविकरण गर्न नआएकाले दर्ता खारेज गरेका हौं ।’ 

जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार डोटीमा २०४४ सालदेखि यता ६ सय १० वटा संघ–संस्था दर्ता भएका छन् । ३ सय ६३ संस्थाको दर्ता खारेजी भएपछि अहिले जिल्लामा १ सय ८७ मात्र गैरसरकारी संस्था बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

नियमित रुपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरु पालना गर्न नसक्दा संस्थाहरु दर्ता खारेजीमा परेको जिल्ला प्रशासन कार्यालय डोटीको दाबी छ । डोटी जिल्लामा नविकरण नगर्ने गैरसरकारी संस्था पटक – पटक गरी ४ सय २३ ओटा खारेजी भैसकेको छ  । याे समाचार उज्यालाे बाट लिएकाे हाे ।