कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले क्याम्पस प्रमुखको आइतवार पुतला दहन गरेका छन्। विश्वविद्यालयको केन्द्रीय सिद्धनाथ क्याम्पसका प्रमुख भुपेन्द्र विष्टले मापदण्ड विपरित करारमा प्रध्यापक र कर्मचारी भर्ना खारेजीको माग गर्दै पुतला दहन गरेका हुन्।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा विप्लव समुह निकट विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको पुत्ला दहन संगै कुर्सी जलाएका छन। प्रकृया नपुरयाई भर्ना गरिएका प्रध्यापक र कर्मचारी भर्नाको कार्य अविलम्ब सच्याउन माग गर्दै तीन दिन अघि ध्यानाकर्षण पत्र सहितको अल्टीमेटम दिएका थियौं अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष अर्जुन भट्टले भने ‘करारमा नियुक्त गरिएकाहरुको नियुक्ति खारेज नभएपछि पुत्ला दहन गरेका छौं।’ विज्ञापन खोेलेर नीति सम्मत तरिकाले कर्मचारी भर्ना गर्नु पर्ने हाम्रो माग हो उनले भने, ‘नियुक्ति खारेज नगरे चरणबद्ध आन्दोलनमा जान्छौं।’
विश्वविद्यालयका सबै कार्यालयमा लामो समय देखि तालाबन्दी रहेको अबस्थामा झोलमा कार्यालय बोकेर नियुक्ति दिईएको उनको भनाई रहेको छ।
माग पुरा नभए भोली देखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश निषेध गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए । क्याम्पस प्रमुख बिष्ट संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। याे समाचार थाहाखबर बाट लिइएकाे हाे ।