खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

डडेल्धुरा : सङ्घीय सरकारअन्तर्गत रहने गरी डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उक्त कार्यालय उदघाटन गर्दै डडेल्धुरा र बझाङ जिल्लालाई हेर्ने गरी उक्त कार्यालय स्थपाना गरिएको जानकारी दिनुभयो । 

कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत गणेशदत्त जोशीले डडेल्धुरामै डिभिजन कार्यालय स्थापना भएपछि जिल्ला सदरमुकामदेखि ग्रामीण क्षेत्रका बजारमा समेत अनुगमन गर्न सहज हुने बताउनुभयो ।    विगतका वर्षमा भने धनगढीस्थित खाद्य तथा गुण नियन्त्रण कार्यालयले नै ती जिल्लाको बजार अनुगमन गर्ने गर्दथ्यो ।