अछाम : गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सरोकारवाला बिचको २ दिने योजना तर्जुमा गोष्टी शनिबार देखि चौरपाटी गाउँ पालिकामा सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको योजना तर्जुमा गोष्ठीमा सात वटै वडाका वडा अध्यक्ष निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापा लगायत सरोकारवालाको सहभागीता रहेको छ ।
गोष्ठीमा चौरपाटी गाउँपालिकाको सरसफाइको अवस्था सहीत विभिन्न सुचकका बारेमा जानकारी गराइएको थियोे । चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले चौरपाटी गाउँ पालिका स्वच्छ र सरसफाइ बनाउने कार्यमा सहयोग गर्न सहयोगी संघ संस्थालाइ र स्थानीयवासी लाई आग्रह गर्नु भएको छ ।
वाक नेपाल पहल परियोजनाका योगेन्द्र वलि र ललित बोगटीले सहजीकरण गर्नु भएको गोष्ठीको संचालन गाउँ पालिकाका सूचना अधिकारी कमल साउदले गर्नु भएको थियो । गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सरोकारवाला बिचको २ दिने योजना तर्जुमा गोष्टी आईबार समापन हुने छ ।