पुरुषहरूले आफ्नो कपालको हेरचाह कसरी गर्ने ?

पुरुषहरूले आफ्नो कपालको हेरचाह कसरी गर्ने ?

कपाललाई स्वस्थ राख्न हिजोआज विभिन्न किसिमका व्युटी प्रोडक्टस् उपलब्ध छन् । बजारमा पाइने त्यस्ता व्युटी प्रोडक्ट्स महिलाहरूको लागि उपयुक्त मानिए पनि पुरुषहरूका लागि प्रभावकारी नहुनसक्छ । फेरि पुरुषहरू कपालप्रति त्यतिविधि सजग पनि हुँदैनन् । सजगता नपआएकै कारण उनीहरूको कपाल समयअगावै झर्ने तथा सेतो हुने गर्दछ ।

 

केही तरिका अपनाएर पुरुषहरूले आˆनो कपालको सुरक्षा गर्न सक्छन्ः

 

तौलियाले सुकाउने

पुरुषको कपाललाई सबैभन्दा बढी असर पार्ने भनेकै तौलियाले हो । चिसो कपाल नरम तथा मुलायम हुन्छ । नरम कपाल झर्ने सम्भावना पनि बढी हुन्छ । होस नगरी रगडेर पुछ्ने बानीका कारण चिसो कपाल तौलिया वा रुमालको धागोमा अल्भिmएर चुँडिन वा र्झनसक्छ । यसका साथै टाउकाको माथिल्लो तह खराब हुनसक्छ । त्यसैले कपाललाई सिधै रुमालले पुछ्नुको सट्टा सबैभन्दा पहिले कपालमा भएको अतिरिक्त पानी सुक्न दिनुपर्छ । कपालको पानी सुकाउने क्रममा कपाललाई रगड्नुको सट्टा हातले पानी झार्नुपर्छ ।

यसरी कपाल सुखाउँदा समय लागे पनि कपालको लुक्स फरक देखिने गर्छ । कपाल सुकाउन व्लो ड्रायरको प्रयोग गर्ने हो भने थर्मल स्टाइलिङ्ग स्प्रे वा डिट्याङ्गलरको प्रयोग गर्न सकिन्छ । यसले कपालमा हानि हुन दिँदैन । अन्यथा ड्रायरद्वारा सुकाउँदा कपालमा हानि त पुग्छ नै, टाउकाको छालामा समेत असर पर्ने गर्छ । त्यति मात्र नभएर पुरुषहरूले कपाल कोर्दा चौडा दाँत भएको काइँयोको प्रयोग गर्नु उपयुक्त हुन्छ, जसले कपाललाई अझ नरम, मुलायम तथा आकर्षक देखाउन मद्दत गर्छ ।

 

कपाललाई चिसो राख्ने

तातोपानीको प्रयोग शरीरका लागि राम्रो मानिए पनि कपालका लागि हानिकारक हुने गर्छ । तातोपानीको प्रयोगले कपालको चिल्लोपना मात्र नभई टाउकाको प्राकृतिक चिल्लोपना समेत नष्ट हुन्छ, फलस्वरूप कपाल सुख्खा तथा रुखो हुने गर्छ । त्यसैले कपाललाई बिग्रनबाट जोगाउन तथा टाउकोलाई शीतलता प्रदान गर्न सकेसम्म चिसो पानीको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

 

केमिकल्सको प्रयोग गर्नबाट जोगिने

कपालमा बारम्बार कलरको प्रयोग गर्नाले कपाल खराब, रुखो तथा सुख्खा हुने गर्दछ । त्यसैले, घरमा वा बजारमा सजिलै पाइने कलर प्रयोग गर्नबाट बच्नुका साथै हेयर स्टाइलिस्टको सल्लाहअनुसार मात्र यस्ता कलरको प्रयोग गर्नु पर्दछ ।

 

राम्रो स्याम्पु तथा कन्डिसनरको प्रयोग

राम्रो स्याम्पु तथा कन्डिसनरको प्रयोगद्वारा पनि कपाललाई स्वस्थ राख्न सकिन्छ । स्याम्पु तथा कन्डिसनरले कपाललाई मोइस्चराइज गर्नुका साथै मजबुती प्रदान गर्दछ । जसका कारण कपाल आकर्षक तथा स्वस्थ रहन्छ ।

 

कपाललाई आकर्षक बनाउने तरिका

चिसो कपाल चाडै टुट्नसक्ने हुँदा चिसो कपालमा कहिल्यै पनि काइँयो लगाउनु हुँदैन । त्यसैले चिसो कपाल कदापि कोर्नु हुँदैन । चिसो कपालमा काइँयोको प्रयोग गर्नै परेको खण्डमा चौडा दाँत भएको काइँयोको प्रयोग गर्नु पर्दछ । ब्लो ड्रायरले कपाललाई हानि तथा नोक्सानी पुर्‍याउन सक्ने हँुदा यसको प्रयोग गर्नुअघि विचार पुर्‍याउनुपर्छ ।

 

कपाल स्वस्थ राख्ने तरिका

कुनै पनि व्यक्तिको कपालको अवस्थाले नै उसको शरीरको अवस्थाबारे दर्शाउँछ । त्यसैले कपाललाई स्वस्थ राख्न पनि शरीर स्वस्थ रहनु आवश्यक छ । जसका लागि यी कुराहरू गर्न जरुरी छः

-स्वस्थकर तथा पौष्टिक आहारको सेवन गर्ने
-दैनिक व्यायाम तथा कसरत गर्ने
-पर्याप्त मात्रामा पानीको सेवन गर्ने
-कम्तीमा पनि आठ घण्टा सुत्ने
-तनाव कम गर्ने

 

यी तरिका अपनाएको खण्डमा कपाल राम्रो हुनुका साथै तेज गतिमा बढ्ने गर्छ ।

 

कसिलो टोपीको प्रयोग नगर्ने

कसिलो टोपी लगाउनाले ट्रैक्सन अलोपसिया नामक समस्या हुनसक्छ । कपाल झर्ने अवस्थालाई ट्रैक्सन अलोसिया भन्ने गरिन्छ । कसिलो टोपी लगाउँदा कपाल टुक्रने तथा झर्ने समस्या वृद्धि हुन्छ ।

 

कपाल ट्रिम गर्नु

खराब कपाल हटाउने एक मात्र उपाय भनेको कपालको खराब भएको हिस्सालाई काटेर हटाउनु हो । कपालको जरालाई काटेर तथा टि्रम गरेर पनि कपाललाई स्वस्थ राख्न सकिन्छ । कपाललाई बेलाबेलामा काट्ने तथा छाँट्ने गर्नु पर्दछ । यसको लागि हरेक छ हप्तामा कपाललाई छाँटेर वा टि्रम गरेर पनि खराब भागलाई हटाउन सकिन्छ ।

 

लट्टा कम गर्ने

मोइस्चराइजर तथा प्रोटिनको कमीका कारण कपालमा लट्टा पर्छ । राम्रो मोइस्चराइजिङ कन्डिसनरको प्रयोगद्वारा पनि यस्ता समस्या कम गर्न सकिन्छ ।