आलु र ल्वाङकाे प्रयाेगले कालोपोतो र डन्डीफोर हटाउने घरेलु उपायहरू

आलु र ल्वाङकाे प्रयाेगले कालोपोतो र डन्डीफोर हटाउने घरेलु उपायहरू

डन्डीफोर र कालोपोतोले अनुहार कुरुप बनाएको हुन्छ । अनुहारमा देखिने प्रमुख छालाका समस्याहरुमा पर्दछन । डन्डीफोर र कालोपोतोले मानिसको आत्मबिश्वास समेत घटाउछ । अनेकौ औषधी बजारमा डन्डीफोर र कालोपोतो हटाउनको लागि आएको हुन्छ । जथभावी त्यस्ता औषधी प्रयोग गर्दा समस्या बढ्ने खतरा हुन्छ । अनुहारमा चायाँ पोतो आएर हैरान भए यसलाई पूर्ण रुपमा हटाउने घरेलु उपचार विधि यस्ता रहेका छन्। अनुहारमा आउने चायाँ पोतो, डन्डीफोर र यसको दाग, धब्बा वा कालो सर्कलहरुलाई यसरी घरेलु औषधी उपयोग गरेर हटाउनुहोस्। आलुलाई पिसेर लगाउनुर्छ।

 

पिसिसकेको आलुको पेस्टलाई छान्ने प्रयोग गरेर जुस बनाएर ४ सानो चम्चा आलुको जुस र २ सानो चम्चा कागतीको जुसलाई मिसाएर लगाउन सकिन्छ । लगाईसके पछि एकछिन सुक्न दिएपछि फेरी दोस्रो पटक लगाउनु र एकछिन सुक्न दिनुपर्छ। फेरी तेस्रो पटक लगाइ रात भरि यतिकै राखी बिहान उठेपछि मन तातो पानीले अनुहार पखाल्नुपर्छ। लगातार लगाएको एक हप्ता पछि तपाईंले आफ्नो फेसको दाग, चायाँपोतो र कालो धब्बाहरु हराउँछ।

 

गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ । एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ।

केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ। यसरी बजारको महँगो केमिकलयुक्त चिज प्रयोग गर्नु भन्दा आफ्नो घरको भान्छामा पाइने आलु र कागतीको प्रयोगले चायाँपोतो र डन्डीफोर हटाउन मद्धत गर्दछ र गोरो र चम्किलो हुन्छ।