कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेगमै सर्वा्धिक धन राशीको चोथो लालझाडी कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ।
जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित लालझाडी युवा क्लव-११ को आयोजनामा पुनर्वास नगरपालिका- ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा पुस १६ गते देखी खेल सञ्चालन हुने भएको छ ।
पुष २३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबले जनाएको छ ।
प्रतियोगिताको बिजेताले ७० हजार साथमा टफी, उप विजेताले ३५ हजार टफी, म्यान अफ द सिरीज १ जनालाई ७ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपर लाइ जनहि ५-५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिनुभयो ।
यस्तै म्यान अफ द म्याच हुने खेलाडिले १ हजार नगद पाउने जनाएको छ । पुनर्वासमा सर्वा्धिक महत्वको मानिएको लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सहप्रायोजक लिटिल फ्लावर बोडिङ्ग स्कुल रहेको आयोजकले जानकारी दिएको छ ।