प्रमोद खरेलको टिमबाट आउट भएका सिडि विजय बने पहिलो ‘भ्वाइस अफ नेपाल’

प्रमोद खरेलको टिमबाट आउट भएका सिडि विजय बने पहिलो ‘भ्वाइस अफ नेपाल’

काठमाडौं : चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले पहिलो ‘द भ्वाईस अफ नेपाल’ पाएको छ । शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा सिडि विजय अधिकारीले उपाधी पाएका हुन् । उनी टिम दिपबाट टप ४ मा परेका थिए । गायक प्रमोद खरेलको टिमबाट आउट भएका सिडि विजयी अधिकारी टिम दीपमा कदै भएका थिए ।

प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक(एक जना गरि टप ४ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो । गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।

टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए । नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् ।