कैलाली उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि समिति गठन

कैलाली उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि समिति गठन

धनगढी : सदस्यता सम्बन्धी छानबिन चलिरहेको कैलाली उद्योग वाणिज्य सङ्घमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल सुरु भएको छ । 

कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि शुक्रवार वर्तमान कार्यसमितिका पदाधिकारी, सल्लाहकार र व्यवसायीको समिति समेत गठन गरिएको छ । 

जसमा संघका सल्लाहकार मायाप्रकाश भट्ट र टेकराज जोशी, संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुवर, उपाध्यक्ष रुक्मणी देवकोटा र व्यावसायी रविनकान्त पन्त रहेका छन । उक्त समुहले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गर्ने संघका अध्यक्ष शकर वोगटीले बताए । 

उक्त समितिले विभिन्न विकल्पका साथ सरोकारवाला पक्षसग सहमतिका लागि प्रयास गर्ने जनाएको छ । 

शुक्रवार गठन गरिएको समितिले सर्वसम्मतिमा नेतृत्व चयनका लागि विभिन्न विकल्प सहित शनिवारदेखि नै कार्य प्रारम्भ गर्ने जनाएको छ । 

उक्त समितिले वर्तमान कार्यसमितिदेखि यसअघि प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका पुष्पराज कुँवर र रुपेश स्वार तथा सर्वसम्मतिका लागि छलफल चलाईरहेको गजेन्द्रवीर चन्द नेतृत्वको तेस्रो समुहको नेतृत्वमा सर्वसम्म्तिका लागि सरोकारवालासग छलफल गर्ने छ । 

त्यस्तै, यि चार विकल्प बाहेक अन्य विकल्पका बारेमा समेत छलफल चलाईने सर्वसम्मतिका लागि गठन गरिएको समितिका एक जना सदस्य तथा व्यवसायी रविनकान्त पन्तले जानकारी दिए । 

सर्वसम्मतिमा नेतृत्व चयन हुन सकेमा व्यवसायी र सस्थाको हित हुने भन्दै संघका पूर्वअध्यक्ष, दुवै प्यानलका उम्मेद्वार लगायतले उक्त प्रयासको स्वागत गर्दै आफुहरु बाधक नबन्ने यसअघि बताईसकेका छन । 

सर्वसम्म्तिका लागि शुक्रवार बोलाईएको छलफलमा संघका पूर्व अध्यक्ष, यसअघि चुनावमा उत्रिएका दुवै प्यानलका अध्यक्ष पदका उम्मेद्वार र मुद्धा दर्ता गर्ने पक्षलाई पनि बोलाईएको थियो । 

तर, कोही धनगढी बाहिर, कोही आफ्नै काममा व्यस्त र कसैसग सम्पर्क हुन नसकेका कारण यसअघि अध्यक्षमा उम्मेद्वारी दिनुभएका सघका कोषाध्यक्ष पुष्पराज कुँवर बाहेक अन्यको उपस्थित थिएन ।  

कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वार प्यानल सहित उम्मेदवारी घोषणा गरी चुनावमा होमिएका बेला गत बैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनाव सदस्यता विवादको विषयमा मुद्दा परेपछि २० गते अदालतको आदेशपछि स्थगित भएको थियो । त्यसपछि हालसम्म चुनाव हुन सकेको छैन । 

यद्यपि, चुनाव हुन नसक्नुको मुख्य कारण रहेको सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताईएका बेला सर्वसम्मत नेतृत्व चयनका लागि संघको वर्तमान कार्यसमितिले छलफल चलाएको हो ।