बझाङमा बलात्कार पछि हत्या गरिएको आरोपमा एक जना पक्राउ

बझाङमा बलात्कार पछि हत्या गरिएको आरोपमा एक जना पक्राउ

बझाङ: बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरिएको आरोपमा एक जना पक्राउ परेका छन । 

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीकालाई सोहि ठाउँका १८ बर्षिय राजेन्द्र बोहराले बलात्कार गरेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेश कुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए।