छोराले चलाएको मोटरसाइकलमा दोपट्टा बेरिएर आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकलमा दोपट्टा बेरिएर आमाको मृत्यु

धनगढी : धनगढीको पुरानो सब्जीमण्डी नजिक मोटरसाईल दुर्घटनामा परि एक महिलाको मुत्यु भएको छ।छोरा मुकेशले चलाएको मोटरसाईकलमा दोपट्टा बेरिदा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ४४ बर्षिय रुमला ऐरीको मुत्यु भएको हो । 

दुर्घटना परि घाईते ऐरीलाई नवजीवन अस्पतालमा लगिएपनि सम्भव नभएपछि उपचारको क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।