भ्रम सिर्जना गर्ने लाई कानुनी कारबाही गर्न माग

भ्रम सिर्जना गर्ने लाई कानुनी कारबाही गर्न माग

बझाङ : बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिको कृषि अबलोकन भ्रमणको बिषयलाई लिएर समाजिक सञ्जालमा केही व्यक्‍ति र सञ्चार माध्यामले गलत , तथ्यहिन कुरा  सम्प्रेसण गरेको भन्दै खप्तड छान्ना गाउँपालिकाले आपत्ती जनाएको छ भने त्यस्ता व्यक्‍तिहरु लाई कारबाहि गर्न माग गरिएको छ ।

सुक्रबार गाउँपलिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय जनप्रतिनिधीहरुको छबि धमिल्याउन केही व्यक्‍ति तथा सञ्चारमाध्यामहरुले  तथ्यहिन, आधारहिन, अनर्गल सुचना सम्प्रेषण गरेको भन्दै कारबाहीका लागी माग गरिएको हो ।  

नेपाल सरकारको निदृष्ट गरेको कानुन अनुसार तथा गाउँपालिकाले गरेको निणयको परिधी भित्र रहेर कृषि क्षेत्रमा आमुल परिबर्तन ल्याउन गाँउशभा बाट पारित निती तथा कार्यक्रम अन्र्तगत अध्यक्ष बर्क बहकादुर रोकायाको नेतृत्वमा मंसिर १२ गते देखि मसिंर २४ गते सम्म भ्रमण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ “उक्त भ्रमण अबधी भरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगायत साखाका कर्मचारीहरु समेत नियम कार्यालयमा उपस्थित भई कार्य सम्पादन गरि रहेको र वडामा समेत कार्यबाहक वडा अध्यक्ष अन्य सबै कर्मचारीहरु उपस्थित भई सेवा प्रबाह भई रहेको उक्त भ्रमण बाट दैनिक कार्य सम्पादनमा कुनै असर नपरेको जनाईएको छ ।

विज्ञप्तीमार्फत केही व्यक्‍ति तथा सञ्चार माध्यामहरुले स्थानिय सरकारको छबि धमिल्याउन   तथ्यहिन, आधारहिन, अनर्गल , झुट्टा  प्रचारबाजी गरि गाउँपालिकाका जनप्रतिनिधीहरुको बैयक्तिक स्वतन्त्रता र मानबअधिकार तथा मौलिक हक समेतमा आघात पुग्ने गरि आम जनमानसमा भ्रम सिर्जना गराउन खोज्नेहरुको भ्रममा नपर्न सबै लाई आग्रह गरेको छ ।

साथै सुचनाको हक र साईबर अपराध कानुन बिपरित जनप्रतिनिधी तथा राष्ट्र सेबक कर्मचारीहरु लाई कलोकल्पीत भावनाबाट अभिप्रेरित भई लगाईएका तथ्यहिन दुष्प्रचार प्रति गाउँपालिकाको ध्यानआर्कषण भएको भन्दै अनर्गल र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्‍ति लाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।