डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु

डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी: सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी दुई दिनअघि भारतबाट आएका र  उनमा श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए।

उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको मृतकका आफन्तले बताएका छन । मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले बताउनुभयो । 

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।