बझाङमा एक बालिका मृत अवस्थामा फेला

बझाङमा एक बालिका मृत अवस्थामा फेला

बझाङ: बझाङमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। 

जिल्लाको मष्टा गाउँपालिका वडा नं २ खिताला घर भएकी १२ बर्षीया बालिका सम्झना कामीस्थानीय सिम मन्दिर भित्र उनको शव फेला परेको हो ।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उनको शव फेला परेको मृतकका बाजे गोरख कामीले जानकारी दिए।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुनसक्ने जनाएको छ। अहिले घटनास्थलमा डिएसपी रुपक खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको छ। घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।