आइपिएलमा मुम्बईकाे सहज जित

आइपिएलमा मुम्बईकाे सहज जित

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।

मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ६४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ८० रन बनाए । मुम्बईका लागि सूर्यकुमार यादव ४७ र सौरभ तिवारी २१ र हार्दिक पाण्डयले १८ रन जोडे ।

कोलकत्ताका शिवम माभीले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले १र१ विकेट हात पारे ।