गोदावरीका ८ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

गोदावरीका ८ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २८ जनाको कोरोना परीक्षण भएकोमा १० महिला २६ पुरुष गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो।
 
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार संक्रमित हुनेहरुमा कैलालीको धनगढी उपमाहानगरपालीका २६ जना, भजनी  नगरपालिकाका १ जना, गोदावरीका ८ जना रहेका छन ।
 
त्यस्तै कंन्चनपुरको कृष्णपुर नगरपालिका का १ जना गरि आज थप ३६ जनामा कोरोना देखिएको छ ।