संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । 

त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने समेत निर्णय गरेको छ ।