तुइनबाटै तारिन्छ सवारी साधन

तुइनबाटै तारिन्छ सवारी साधन

जाजरकोट  : तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन्।

भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् ।

चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ । अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् ।