नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।