कीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि

कीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

शेर्पाको बुधबार टेकुमा अन्त्येष्टि गरिएको हो। यसअघि बौद्धस्थित शेर्पा गुम्बामा बुधबार स्वर्गीय शेर्पाको अन्त्येष्टिका लागि शेर्पा समुदायले तयारी गरेका थिए। 

शेर्पाको पार्थिव शरिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओढाएका थिए।

त्यस्तै स्व. शेर्पाको शरीरमा नेपाली काँग्रेसका नेता गगनकुमार थापा बुधबार बौद्धस्थित शेर्पा गुम्बामा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका थिए। त्यस्तै, नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पनि शेर्पालाई श्रद्धाञ्जलि दिएका थिए।

विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पालाई गोरखा दक्षिणबाहुलगायत पुरस्कारबाट सम्मान गरिएकोे थियो।