घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

दाङ : बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ ।

बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।