सरकारको निर्णय विपरीत होस्टलमा पठनपाठन गर्ने एक जना पक्राउ

सरकारको निर्णय विपरीत होस्टलमा पठनपाठन गर्ने एक जना पक्राउ

सरकारी निर्णय उल्लंघन गरी होस्टलमा पठनपाठन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रयामा लिएको छ।

पोखरा महानगरपालिका(४ गैह्रापाटनस्थित अलब्राइट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गरेको आरोपमा सोही होस्टलको सञ्चालिका पोखरा महानगरपालिका(८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको  प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ।